७ असार २०८३, आइतबार | Mon Jun 22 2026

आम्दानीसँगै घट्यो आरम्भ चौतारीको खुद नाफा, प्रतिसेयर आम्दानीमा पनि गिरावट

१८ माघ, काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

याे अवधिमा लघुवित्तकाे खुद ब्याज आम्दानी १२.२० प्रतिशतले घटेर १२ करोड ८३ लाख ५१ हजार रुपैयाँ कायम भएकाे छ । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले १४ करोड ६१ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्ममा लघुवित्तकाे सञ्चालन नाफा ३९.४६ प्रतिशतले घटेर १ करोड ७८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।

पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा २ करोड ४६ लाख रुपैयाँ रहेको छ। ३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी  ६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा छ ।

प्रकाशित मिति : February 1, 2024 at 10:17 am