कामना सेवा विकास बैंकले ५ लाख कित्ता सेयर बिक्रीमा, यस्तो छ मूल्य
१७ माघ, काठमाडौँ । कामना सेवा विकास बैंकले केही सेयर लिलामी बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री गर्ने भएको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति, समूह, संघ संस्थाले समेत बोलपत्र मार्फत आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा बोलपत्र मार्फत आवेदन पेश गर्नुपर्ने छ ।
प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १६:३९