७ असार २०८३, आइतबार | Mon Jun 22 2026

जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

१७ माघ, काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

माघ १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ। नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ।

संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : January 31, 2024 at 10:51 am