सोमबार हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
१५ माघ, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से परिसूचक १०.२६ अंक बढेर २१०४.७२ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आज ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख २२ हजार कित्ता सेयर कारोबार भएको छ।
साेमबार हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ६० करोड १६ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको २३ करोड ८३ लाख ५६ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १२ करोड ८७ लाख ६९ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ५ लाख ४८ हजार रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ९ करोड ९० लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १५:२३












