१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

प्रि ओपन सेसनमा ३.०१ अंकले बढ्यो नेप्से

१५ माघ, काठमाडाैँ । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.०१ अंकले बढेको छ। अघिल्लो कारोबार दिन आइतबार १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.०१ अंकले बढेर २०९७.४८ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ५६ स्टकको २३ लाख ४४ हजार २३३ रुपैयाँ ४० पैसा बराबरको ६ हजार ८३ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : January 29, 2024 at 11:03 am