एक कम्पनीको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा
१४ माघ, काठमाडौं । बोटलर्स नेपाल (तराई) ले नगद लाभांश सेयरधनीकाे खातामा जम्मा गरेकाे छ । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २९ गते देखिनै नगद लाभांश जम्मा गर्न सुरु गरेको हो ।
कम्पनीको पुस २७ गते बसेको साधारण सभाले गत वर्षको नाफाबाट प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साेही लाभांश सेयरधनीकाे खातामा जम्मा भएकाे हाे ।
प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १७:२३












