१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

महिला लघुवित्तको लक इन पिरियड फागुन १३ गते समाप्त हुँदै

१२ माघ, काठमाडौँ ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन समयावधि फागुन १३ गते समाप्त हुँदैछ। कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूको तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको लघुवित्तले जनाएको छ ।

कम्पनीले २०७७ माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण (कर्मचारी) लाई आईपीआो निष्कासन गरेको थियो । उक्त आईपीओ सर्वसाधारणलाई सोहि वर्षको फागुन १४ गते बाँडफाँड गरिएको थियो ।

कम्पनीको संस्थापकको स्वामित्वमा रहेको ६ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार कित्ताको लक इन अवधि फागुन १३ मा समाप्त हुन लागेको हो । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम आईपीओ बाँडफाँड गरिएको मितिदेखि ३ वर्षसम्म संस्थापक सेयरधनीहरूले धारण गरेको सेयर तथा कर्मचारीहरूलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ ।

प्रकाशित मिति : January 26, 2024 at 10:23 am