१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

खानिडाँडा विमानस्थलका जग्गादाता एमाले खोटाङका संस्थापक सचिव रुद्र राईको निधन

१२ माघ, काठमाडौँ । नेकपा एमाले खोटाङका संस्थापक सचिव रुद्र राईको बिहीबार राति निधन भएको छ । ८७ वर्षीय राईको काठमाडौँमै निधन भएको ज्वाइँ समेत रहेका एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए । राईको छोरी उषाकला राई एमालेकै पोलिटब्यूरो सदस्यछिन ।

बिहीबार निधन भएका राईको शुक्रबार ९ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तामाङले बताएका छन । वि। सं। १९९३ सालमा खोटाङ्ग खाल्ले सेरामा माता दैवस्वरी राई तथा पिता प्रजातन्त्रका सेनानी स्वर्गीय सर्वधन राईको जेठा छोराको रुपमा जन्मिएका  रुद्रकुमार भूमिगत कम्युनिस्ट पार्टीका नेता पुष्पलालसंगको सम्पर्कमा पुष्पलाल समुहको सदस्य भई कम्युनिस्ट पार्टीको भूमिगत काम गरेका थिए ।

पञ्चायतकालमा प्रधानपन्च, बहुदल आएपछी नेकपा (मार्क्सवादी) र नेकपा (माले) को एकीकरण पश्चात् बनेको नेकपा (एमाले)को २०४७ सालमा पहिलो खोटाङ्ग जिल्लाको पार्टी सचिव भए ।

२०५४ सालमा खोटाङको खाल्ले गाविसको अध्यक्ष भएर काम गरे । समाजसेवामा रुचि राख्ने उनले आफ्नो परिवारको हकभोगमा रहेको जग्गा निःशुल्क दान गर्नुभएर मनमाया राई विमानस्थल खानिडाँडा बनाउन सहयोग गरेका थिए । स्कुल बनाउने, बाटो बनाउने, समुदायलाई प्रोसाहन गरी समजमा जागरण फैलाउने कार्यमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

प्रकाशित मिति : January 26, 2024 at 8:33 am