१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

संविधान खारेज गर्ने राप्रपाको प्रस्ताव, रविन्द्र मिश्रको यस्तो छ देश बचाउने टिप्स

११ माघ, काठमाडौँ । नेकपा एमालेसँगको तालमेलमा पनि कोशी प्रदेशबाट राष्ट्रियसभा प्रवेश गर्न नसकेको राप्रापाले संविधान नै खारेजको प्रस्ताव अघि सारेको छ । वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संविधान नै खारेज गर्न प्रस्ताव गरेका हुन । राष्ट्रियसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको केही समयपछि सामाजिक सञ्जाल मार्फत मिश्रले संविधान खारेजसहित सात बुँदे प्रस्ताव अघि सारेका छन ।

उनले देश विघटनबाट बचाउने हो भने एक नम्बरमा राष्ट्रियसभा विघटनको प्रस्ताव गरेका छन । उनले दोस्रोमा संघीयता विघटन, तेस्रोमा धर्मनिरपेक्षताको विघटन, चारमा गणतन्त्रकै विघटन र पाँचमा संविधान विघटनको प्रस्ताव अघि सारेका छन । त्यस्तै मिश्रले छैटोैँ नम्बरमा आजसम्म राजा, राजनीतिकर्मी, जनता सबैबाट भएको कमजोरीलाई सबैले क्षमा गर्दै त्यसबाट शिक्षा लिउँ भन्ने प्रस्ताव गरेका छन ।

रविन्द्रले सातौ नम्बरमा निषेधको राजनीति त्यागेर र २०४७ सालक‍ो संविधानमा टेकेर, ०७२ सालको संविधानका राम्रा पक्षहरू समेट्दै नवीनसमझदारीमा जान प्रस्ताव गरेका छन । उनले त्यसको नगरे यो देशको भविष्य खतरामा रहेको जिकिर गरेका छन ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार २०:३५