१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

कोशीमा एमालेले इमान्दारिता देखाएनः राप्रपा प्रवक्ता श्रेष्ठ

११ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले कोशी प्रदेशमा एमालेले इमान्दारित प्रदर्शन नगरेको बताएका छन । राष्ट्रियसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै दैनिकीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले कोशी प्रदेशमा एमालेले इमान बेचेको प्रष्टै देखिएको बताए ।

प्रवक्ता श्रेष्ठले राप्रपाले भने आफ्नो धर्म नछाडेको बताए । स्रोतका अनुसार कोशीमा राप्रपासँग तालमेल गर्ने कुरामा एमालेका दुई पूर्व मुख्यमन्त्रीले असहमति जनाएका थिए । राप्रपाले सोही असहमतिको असर मतदानमा परेको हुन सक्ने अुनमान गरेको छ ।

उम्मेदवारी दर्तामै तालमेलको कोशिश हुँदा पूर्वमुख्यमन्त्रीद्धय शेरधन राई र हिक्कमत कार्कीले असहमति जनाएको बुझिएको छ । राप्रपाले सहयोग गरेकी एमालेकी रूक्मणि कोइराला विजयी हुँदा राप्रपाका उद्धव पौडेल भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग पराजित हुन पुगेका छन ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १९:२८