१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

११ माघ, काठमाडाैं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धन्धनका तर्फका तीनैजना उम्मेदवार विजयी भएका छन् । बिहीवार भएको मतदाबाट नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)की रेणु चन्द विजयी भएका हुन् ।

विजयी माओवादी केन्द्रकी चन्दले ४४५३ मत ल्याइन् । कांग्रेसका नारायणदत्त भट्ट अपाङ्गतर्फ ४४१९ मत ल्याएर विजयी बनेका हुन् । अन्यमा पनि कांग्रेस बलदेव बोहरा विजयी भए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १८:१०