१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादी केन्द्रका सुवेदी विजयी

११ माघ, काठमाडाैँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा महिला कोटामा नेकपा (एमाले)की तुलसाकुमारी केसीलाई पराजित गर्दै नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा ५ हजार ४३५ मतभारसहित निर्वाचित भएकी हुन् ।

एमालेकी केसीले २ हजार ८६७ मतभार प्राप्त गरेकी छिन् । त्यस्तै,  महिला कोटामा राप्रपाबाट उम्मेदवार विजयालक्ष्मी सिंहले २५० मतभार प्राप्त गरिन्।

अन्य कोटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भए। सुवेदी ५ हजार ४३५ मतभारसहित विजयी भएका हुन् । यनका प्रतिस्पर्धी नेकपा (एमाले) का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले ३ हजार ३९ मतभार प्राप्त गरे। जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय ५० मतभार प्राप्त गरे

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १७:०८