१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

मिर्मिरे लघुवित्तले घोषणा गरेको लाभांश रद्द, लगानीकर्ताको हात खाली

११ माघ, काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पास गरी चुक्तापुँजीको ६.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो ।

उक्त लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएकोमा राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएपछि माघ १० गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरेको लघुवित्तले जनाएको छ।

प्रकाशित मिति : January 25, 2024 at 10:20 am