१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

खराब कर्जा घटेसँगै समृद्धि फाइनान्सको नोक्सानी घट्यो

८ माघ, काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। फाइनान्सले प्रकाशित गरेको विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको६ महिनासम्ममा ७ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा रहेको यस फाइनान्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड १३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १९.७६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४८.०१ प्रतिशत घटेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ११.७३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा फाइनान्सको खराब कर्जा १३.९२ प्रतिशतबाट घटेर ४.६८ प्रतिशत कायम भएको छ। जसका कारण इम्पेरमेन्ट चार्ज ७ करोड ८९ लाख रुपैयाँबाट घटेर ६२ लाख रुपैयाँमा सीमित भएको छ।

पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ४८ करोड २० लाख रुपैयाँ ऋणात्मक रहको छ।  ८१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको  फाइनान्सको जगेडा कोष २० करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुसको अन्त्यसम्ममा फाइनान्सले १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो अवधिसम्ममा फाइनान्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ।

प्रकाशित मिति : January 22, 2024 at 10:23 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/