१० असार २०८३, बुधबार | Wed Jun 24 2026

हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

७ माघ, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २५.६३ अंकले घटेर २१३०.१८ को विन्दुमा बन्द भएकाे छ । सेयर बजारमा गिरावट आएपनि आज हिमालयन रि इन्स्योरेन्सको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको यस दिन ५६ करोड ७९ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ९१ लाख ७९ हजार रुपैयाँ ,अपी पावर कम्पनीको २० करोड ८२ लाख ३० हजार रुपैयाँ, नेपाल रि इन्स्योरेन्स कम्पनीको २० करोड १३ लाख ४८ हजार रुपैयाँ र सोनापुर मिनरल्सको १९ करोड ८८ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : January 21, 2024 at 3:17 pm