मुक्तिनाथ विकास बैंकको नाफा ३२.९३ प्रतिशतले घट्यो
७ माघ, काठमाडाैँ । मुक्तिनाथ विकास बैंकको नाफामा ३२ प्रतिशतले घटेकाे छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ४२ करोड १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.९३ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।बैंककाे कुल संचालन आम्दानी पनि ३.१६ प्रतिशत बढेर २ अर्ब ३६ करोड ६८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । याे अवधिमा बैंकको संचालन नाफा भने ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा ३१ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेकाे छ ।
हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ भने जगेडामा २ अर्ब ६० करोड ९४ लाख रुपैयाँ रहेकाे छ । याे अवधिमा बैंकको निक्षेप संकलन पनि ३.५५ प्रतिशत घटेर १ खर्ब १२ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ । याे अवधिमा बैंककाे प्रतिसेयर आम्दानी (इपिएस) ७ रुपैयाँ ५९ पैसाले घटेर ११ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १५:०३