१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

गरिमा विकास बैंकको नाफा घट्याे, यस्ताे छ प्रतिसेयर आम्दानी

७ माघ, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुससम्ममा बैंकले ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको सञ्चालन मुनाफामा सामान्य वृद्धि भएको छ । अघिल्लो आवमा ७१ करोड ६७ लाख रहेको सञ्चालन  मुनाफा बढेर ७३ करोड २२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.८९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ।  पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ३१ लाख रुपैयाँ रहको छ ।

५ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ।समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर १८ रुपैयाँ ६ पैसा कायम भएकाे छ। भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४७ पैसा रहेको छ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १३:१६