एनआईबिएल स्टेबल फण्डमा आवेदन दिने म्याद थप
५ माघ, काठमाडाैँ। एनआईएमबि एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ। सो फण्डको इकाईका लागि अब माघ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ।
यसअघि छिटोमा माघ ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवद्धक र एनआईबिएल एस क्यापिल योजना व्यवस्थापक रहेको ‘एनआईबिएल स्टेबल फण्ड’को १० करोड इकाइ सर्वसाधारणका गत माघ २ गतेदेखि खुला गरिएको थियो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरीएको छ। क्यापिटलले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।
उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १४:४२












