११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

३२.१९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंककाे नाफा, खराब कर्जा घट्दै

४ माघ, काठमाडाैँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ। बैंकले सार्वजनिक गरको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ प्रतिशतले नाफा बढाएको छ।

पुस मसान्तसम्ममा बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.१९ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले १९ करोड ५९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको ब्याज आम्दानी घटेपनि कमिसन र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो। याे अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ कायम भएकाे छ। गत वर्षको साेही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समिक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको । त्यस्तै, याे अवधिमा बैंककाे सञ्चालन आम्दानी ३२.२४ ले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा ३.४२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ३.७० प्रतिशत रहेको थियो ।

हाल बैंकको कुल चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने १ अर्ब ५१ करोड रुपैयाँ रिजर्भमा छ। समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ३ रुपैयाँ ४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ५१ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

बैंकका कुल निक्षेप ५.२८ प्रतिशतले बढेर ५६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । साथै, कर्जा लगानी ०.३० प्रतिशतले बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : January 18, 2024 at 10:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/