८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

प्रधानमन्त्री कपमा आर्मीले बागमतीलाई दियो जितका लागि ९८ रनको चुनौती

३ माघ, काठमाडौँ ।  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितका लागि ९८ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ९७ रनमा समेटियो । आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने बिबेक यादवले ११ रन जोडे ।

बागमतीका सूर्य तामाङले ५ विकेट लिए भने प्रतिश जिसीले र रिजन ढकालले समान दुई/दुई विकेट लिए । त्यस्तै, कृर्जन गुरुङले एक विकेट लिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १३:०३