३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

बेष्ट फाइनान्सको १ लाख ५ हजार कित्ता सेयर बिक्रीमा

३ माघ, काठमाडाैँ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको विभिन्न संस्थापकको नाममा रहेको १ लाख ५ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हो ।

बिक्रीमा राखिएको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडाैंकाे कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : January 17, 2024 at 11:55 am