७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

गरिमा विकास बैंकले सार्वजनिक गर्यो ‘Garima 5 in 1 बचत खाता’

३ माघ, काठमाडाैँ। गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा 5 In 1 बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा 5 In 1 बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयरको र सि-आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।

यस खाताअन्तर्गत ग्राहकहरुले न्युनतम १ हजार रुपैयाँमा खाताखोली निःशल्क सेवाअन्तर्गत मोबाइल बैंकिङ,वेब बैंकिङ,एटीएम, सि-आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट,सेयर ट्रेडिङ र मेरो सेयर खाता साथै Locker Facility मा ५० प्रतिशतसम्म छूटको सुविधा रहेको कम्पनीले बताएको छ।

यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकहरुले कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने कम्पनीले बताएको छ। कम्पनीले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भ गरेको हो ।

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको कम्पनीले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरुमा १२३ वटा शाखा कार्यालय ५१ वटा एटीएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैंकिङ सेवप्रवाह गरिरहेको छ।

प्रकाशित मिति : January 17, 2024 at 9:15 am