५ महिनामा विकास बैंकले कमाए २ अर्ब बढी नाफाः पहिलो मुक्तिनाथ, कुनकाे कति ?
१ माघ, काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको ५ महिनामा २ अर्ब बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले मंसिर मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख रुपैयाँ नाफा कमाएका छन् । कात्तिक मसान्तसम्ममा भने बैंकहरूले १ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकको तुलनामा मंसिरमा विकास बैंकको नाफा १ अर्ब १० करोड रुपैयाँले बढी हो ।
५ महिना अवधिमा सबैभन्दा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । मंसिरसम्म बैंकले ४५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कात्तिकमा बैंकले ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएकाे थियो । दाेस्राेमा गरिमा विकास बैंक रहेकाे छ । याे अवधिमा बैंकले ३८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, तेस्राेमा साइन रेसुंगा विकास बैंक रहेकाे छ । याे अवधिमा बैंकले ३० करोड २० लाख नाफा आर्जन गरेकाे छ ।
यस्तै, याे अवधिमा लुम्बिनी विकास बैंकले २१ करोड ७० लाख नाफा कमाएकाे छ। भने महालक्ष्मी विकास बैंकले १९ करोड ९० लाख रुपैयाँ नाफा कमाएकाे छ । कामना सेवा विकास बैंकले याे अवधिमा १९ करोड ६० लाख, सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
प्रकाशित मिति : १ माघ २०८०, सोमबार १२:३०