१० प्रतिशत लाभांश पारित गर्दै गरिमा विकास बैंकको साधारणसभा सम्पन्न
१ माघ, काठमाडाैँ। गरिमा विकास बैंकको १७ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीको अधिकृतपूँजी बृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ बनाउने, आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ ।
हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश सेयर वितरणपश्चात चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ पुगेको छ । बैंककाे हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा छन् । साथै, कम्पनीले हालसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बताएको छ ।
प्रकाशित मिति : १ माघ २०८०, सोमबार ११:०६