३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

समृद्धि फाइनान्सद्धारा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

१ माघ, काठमाडाैँ । समृद्धि फाइनान्सले न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । फाइनान्सले पुस २९ गते आइतबार गैर शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको कविलासी न.पा.–१,२,७,हरिपुर न.पा.–३ र चन्द्रनगर गा.पा.–१ कोपिपरिया,सर्सीया,गैर,लगुवा र फरहदवाका विपन्न वर्गलाई व्याङ्केट वितरण कार्यक्रम सम्पन्न गरेको हाे ।

फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूचीमध्ये न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत २४ घरधुरीलाई व्याङ्केट वितरण कार्य सम्पन्न गरेको हो ।

संस्थाका शाखा प्रमुख रामहरि निरौलाको अध्यक्षता तथा कविलासी नगरपालिका मेयर ब्रम्हदेव रायको प्रमुख आतित्यथामा आयोजित उक्त कार्यक्रमा स्थानीय व्यापारि उपेन्द्र राय, पुरन महत्तो कोईरी,मनोज ठाकुरले आफ्नो मन्तव्य राख्दै यस्ता कार्यक्रमले स्थानीय न्यून आय भएका जनतालाई यस कठ्याग्रीयको जाडोमा ठूलो राहत पुगेकोले फाइनान्सलाई धन्यवाद दिँदै यस भेगमा फाइनान्स सबैका लागि एउटा आशा र भरोसाको रुपमा आएको विचार व्यक्त गरे।

त्यसैगरि वडा अध्यक्ष रामपुकार मण्डलले यस फाइनान्सले दिने सम्पुर्ण सेवा सुविधा स्थानीय जनताले उपयोग गरी धेरै भन्दा धेरै बैकिङ्ग लाभ लिन सक्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : January 15, 2024 at 10:05 am