१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

नेविसंघका कार्यकर्ताद्वारा काँग्रेस पार्टी कार्यालय अगाडि नाराबाजी

१ मंसिर, काठमाडौँ । काँग्रेस केन्द्रीय समिति बैठक सुरु हुन ढिलाई भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक नेविसंघका नेता कार्यकर्ताले चर्को नाराबाजी गरेपछि बैठक प्रभावित बन्न पुगेको हाे । नेविसंघभित्रको रामचन्द्र पौडेल र कृष्ण सिटौला निकटका नेता कार्यकर्ताले तत्काल महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरिरहेका छन् ।

 

टीकेप्रथाबाट नेविसंघको नेतृत्व ल्याइन खोजिएको तथा विधान पारित गर्न ढिलाइगरिएको लगायतका विषयमा असन्तुष्टि जनाउँदै उनीहरुले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका हुन् ।

सरोज काफ्ले, सुशील भट्टलगायतका नेविसंघका प्रभावशाली नेताहरुका साथै कार्यकर्ताहरु सहभागि भर्इ पार्टी कार्यालय अगाडी नाराबाजी गरेका हुन् ।

 

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार १५:५५