कांग्रेसको अनुशासन समिति बैठक जारी
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो ।
पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिकाे बैठक बसेको हो ।आज नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । उक्त बैठक बस्नुअघि अनुशासन समितिको बैठक बसेको हो ।
प्रकाशित मिति : 12:59









