२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मन्त्री हुन नपाएपछि गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिनुभएको छ । प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी पत्र लेख्दै उहाँले आजको मितिदेखि लागु हुने गरी प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको हो ।

गण्डकीमा आज मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिमण्डलमा उहाँ मन्त्री हुन चाहनुहुन्थो । तर मन्त्री बन्न नपाएको झोकमा उहाँले राजीनामा दिनुभएको हो ।

‘मलाई विश्वास भरोसा दिलाइ जिम्मेवारी सहित मतादेश र जनादेश दिनु भएका आममतदाता, शुभचिन्तक शुभेच्छुक जनमा कोटीको६ नमनसहित कृतज्ञता व्यक्त गर्दछु । आम नागरिकको विश्वास भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी छु,’ कुँवरले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

आफू कुनै सार्वजनिक पदमा नरहेता पनि जनताको सेवामा कुनै कमी हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘यस कार्यकालमा मलाई अवसर दिनु भएकोमा दलका नेता, प्रदेश सभा सदस्य, समिति, राष्ट्र सेवक करम्चारी र मेरो पार्टी नेपाली कांग्रेस लगायत मिडिया सबै जनमा कोटीकोटी नमन व्यक्त गर्दछु । गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारको पूर्ण कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ राजीनामा पत्रमा कुँवरले लेख्नुभएको छ ।

प्रकाशित मिति : 13:50