२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

कांग्रेसले थप्यो निर्वाचनमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी दिने समय

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले गत २१ फागुनमा सम्पन्न निर्वाचनका क्रममा अनुशासन उल्लंघन गर्ने पार्टी सदस्यहरूविरुद्ध उजुरी दिने समय थप गरेको छ ।

आज बसेको अनुशासन समितिको बैठकले यसअघि २०८२ चैत मसान्तसम्म उजुरी पेश गर्न दिएको समयावधि बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्‍याउने निर्णय गरेको हाे ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लङ्घन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सो को समयाअवधी २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्दछ ।’ साथै, वैशाख मसान्तपछि प्राप्त हुन आएका उजुरी उपर कुनै कारबाही नहुने अनुशासन समितिको निर्णयमा उल्लेख छ ।

प्रकाशित मिति : 14:28