८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

आज यी कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

२९ पुस, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ ।

आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथु पावर कम्पनी, मध्य भोटेकाशी जलविद्युत, माथिल्लो मैलुन खोला जलविद्युत, त्रिशुली जलविद्युत, मुक्तीनाथ कृषि कम्पनी, नेपाल वयरहाउजिङ, हिमालयर रि, दिव्यश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ ।

 

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १५:३०