हिमालयन एभरेष्ट इन्स्योरेन्सले बाेलायाे साधारणसभा,लाभांश पारित गर्ने मुख्य एजेण्डा
२७ पुस, काठमाडाैँ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले साधारणसभा बाेलाएकाे छ । इन्स्योरेन्स कम्पनीले माघ २५ गते ३० औँ वार्षिक साधारणसभा बाेलाएकाे हाे ।
कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडाैँकाे थापागाँउमा रहेको बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजे सभा बाेलाएकाे हाे । उक्त सभाले आर्थिक वर्षका लागि चुक्तापूँजीको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभामाले रिक्त स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने, चालू आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ ।
साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले माघ १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसकाे अर्थ माघ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा सहभागि हुन तथा लाभांस पाउन सक्नेछन् ।
प्रकाशित मिति : January 12, 2024 at 12:10 pm









