कामना सेवा विकास बैंकले पनि घटायो ब्याजदर
२७ पुस, काठमाडौं । कामना सेवा विकास बैंकले पनि माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले एक सूचना जारी गर्दै माघ महिनामा मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ २ वर्षभन्दा माथिको अवधिका लागि ९ प्रतिशत ब्याजदर कायम गरेको छ । गत पुस महिनामा यो अवधिका लागि बैंकको ब्याजदर ९.६० प्रतिशत थियो ।
बैंकले संस्थागत तर्फ ६ देखि १ वर्ष मुनिको अवधिका लागि ६.९० प्रतिशत ब्याजदर कायम गरेको छ । गत पुस महिनामा यो अवधिका लागि बैंकको ब्याजदर ७.५० प्रतिशत थियो ।
त्यस्तै बैंकले मुद्दती निक्षेपमा व्यक्तिगतर्फ ३ महिनादेखि ६ महिनाभन्दा कम अवधिका लागि ७.८० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले ६ महिनादेखि १२ महिनाभन्दा तलका लागि ८.३० प्रतिशत,वर्षदेखि २ वर्ष मुनिका लागि ८.८० प्रतिशत र २ वर्षदेखि माथिक लागि ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया र कुमारी बैंकले पनि ब्याजदर घटाइसकेका छन् ।
प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार ११:५०