बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
२४ पुस, काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियपछि नेपाल राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ३५ अर्ब तरलता खिच्न लागेको हाे । १४ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । साँवा र ब्याज भुक्तानी मिति माघ ९ गते निर्धारण भएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । अधिक तरलता भएपछि पछिल्लो समय राष्ट्र बैंकले लगातार रुपमा बैंकिङ प्रणालीबाट तरलता खिचिरहेको छ ।
प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १०:४३












