१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

माउन्टेन हाइड्रो नेपाल १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

२३ पुस, काठमाडाैँ । माउन्टेन हाइड्रो नेपाल लिटिडेको आठौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । कम्पनीकाे साधारणसभा आज पुस २३ गते कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको हाे । कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १ : १ को अनुपात अर्थाल १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै,सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९ ०८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु) माथि छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १७:२३