नेप्सेमा सिटिजन्स बैंकको ऋणपत्र सूचीकृत
२३ पुस, काठमाडाैं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सिटिजन्स बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंककाे ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ ।
१० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन् ।
प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १६:२६












