सोमबार सोनापुर मिनरल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
२३ पुस, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । लगातार दुई दिन राताम्य भएको बजार आज दोहोरो अकंको सुधार आएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो । सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा हरियाली छाउँदा साेमबार सोनापुर मिनरल्सको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको २१ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको १९ करोड ३६ लाख ९८ हजार रुपैयाँ ,हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख ३० हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड ४६ लाख ९ हजार रुपैयाँ र नेपाल इन्फ्रास्टक्चर बैंकको ११ करोड ७१ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १५:१५












