१७ अर्बकाे ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
२३ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । १७ अर्बमध्ये १४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ३ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी चैत २७ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो भने ३ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ असार २६ गते परिपक्व हुनेछ । पुस २४ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १३:५६












