८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

आज सोनापुर मिनरल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२२ पुस, काठमाडाैं । साताको पहिलो कारोबारको दिन सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.३६ अकंले घटेर २०२२.९२ बिन्दुमा बन्द भएको छ । आज ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २८ करोड ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्टको १९ करोड ९४ लाख ४३ हजार हजार रुपैयाँ, माउन्टेन इनर्जीको १५ करोड ९० लाख २ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ६८ लाख ७७ हजार रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९२ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १५:२५