१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा खड्का नियुक्त

२० पुस, काठमाडाैं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएको थियो । खड्कालाई संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको हो ।

उक्त पदमा यस अघि सञ्चालक श्री दिनेश भारी संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए । नव नियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ्ग क्षेत्रमा करीब १० वर्ष देखि कार्यरत खड्का एनआईसी एशिया बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत रहनुका साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १६:५६