१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

लाभांस प्रस्ताव पारित गर्न सिटिजन लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

२० पुस, काठमाडाैं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ। कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १४ गते काठमाडाैंकाे नक्सालमा रहेको आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा बाेलाएकाे हाे ।

सभाले गत आवका लागि चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले अध्यक्षद्वारा प्रस्तुत हुने आव २०७९/७० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लोखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र सर्वसाधारण समूहबाट २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांस वितरण प्रयोजनक लागि कम्पनीले पुस २९ गते बुक क्लोज गर्ने निर्ण गरेको छ । यसकाे अर्थ पुस २८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : January 5, 2024 at 9:22 am