८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

अन्तिम कारोबारको दिन सोनापुर मिनरल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१९ पुस, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७१ अकंले घटेर २०४९.२८ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर बजारमा गिरावट आउँदा पनि बिहिबार सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ४५ लाख १५ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १९ करोड ४८ लाख २६ हजार हजार रुपैयाँ, माउन्टेन इनर्जीको १८ करोड ६४ लाख ८५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड २९ लाख ४८ हजार रुपैयाँ र यूनाइटेड इदी मार्दीको १५ करोड ६९ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १५:१६