सोनापुर मिनरल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१८ पुस, काठमाडाैं । बुधबार सेयर बजार दाेहाेराे अंककले बढेर हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अकंले बढेर २०५८ बिन्दुमा बन्द भएको छ । आज ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा हरियाली छाउदा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २३ करोड ३५ लाख ५४ हजार हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १५ करोड ७० लाख १७ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ४० लाख १९ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्ट कम्पनीको १४ करोड १८ लाख ८१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:20









