३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

बैंकिङ प्रणालीबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

१८ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्ने भएको छ। बुधबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १४ दिनको लागि २५ अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति माघ ३ गतेलाई निर्धारण गरिएको छ ।

त्यसबाहेक पनि राष्ट्र बैंकले ५ वटा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब बढी तरलता खिचेको छ। चालू आर्थिक वर्षमा निक्षेप संकलन उपकरणमार्फत २ खर्ब ८० अर्ब २५ करोड तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : January 3, 2024 at 1:40 pm