२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

भारत पाकिस्तानसँग आतङ्कवादका विषयमा सम्झौता गर्न इच्छुक छैनः भारतीय विदेश मन्त्री

१७ पुस, नयाँदिल्ली । पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले आतङ्कवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताएका थिए।

एएनआईसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशंकरले भारत पाकिस्तानसँग सम्झौता गर्न इच्छुक नरहेको बताउदै आतङ्क र शत्रुतामुक्त वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् ।

पाकिस्तानसँगको मोदी सरकारको दृष्टिकोणलाई उल्लेख गदै उहाँले सीमापार आतङ्कवादलाई नसहने बताएका छन् ।  पाकिस्तानले दशकौ अघिदेखि भारतलाई टेबुलमा ल्याउन सीमापार आतङ्कवादको प्रयोग गरेको बताउदै आफूहरुले त्यस्ता विषय अप्रासङ्गिक बनाएको बताए । पाकिस्तान आफ्नो नजिकको छेमेकी भएको स्वीकार गर्दै उहाँले पाकिस्तानले तयार पारेका शर्तहरूको आधारमा व्यवहार नगर्ने बताएका छन् ।

भारतले गत वर्ष अगस्टमा पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण बनाउनका लागि आतङ्कवाद र शत्रुतामुक्त वातावरण आवश्यक रहेको बताएको थियो । मन्त्री जयशंकरले एएनआईसँगको अन्तर्वार्तामा पाकिस्तानको भविष्य पाकिस्तानको आफ्नै कार्य र छनौटबाट निर्धारण हुने भन्दै छिमेकीको हैसियतले आर्थिक समस्याबाट बाहिर निस्कन आवाश्यक रहेको बताएका छन् ।

आर्थिक सङ्कटबाट गुज्रेको श्रीलङ्कालाई भारतले गरेको सहयोगको सन्दर्भ उल्लेख गर्दै श्रीलङ्कासँग एकदमै फरक सम्बन्ध भएको बताएका छन् ।  पाकिस्तानको अवस्था तथा भविष्य धेरै हदसम्म पाकिस्तानकै क्रियाकलापले निर्धारण गर्ने जिकिर गर्दै उहाँले कोही पनि अचानक कठिन परिस्थितिमा नपुग्ने बताए । पछिल्लो समयमा घट्दो, विदेशी मुद्रा सञ्चिति, उच्च मुद्रास्फीति तथा मुद्राको तीव्र अवमूल्यन लगायतका आर्थिक कठिनाइसँग पाकिस्तान जुधिरहेको छ ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १५:५५