यसरी हेर्नुहोस् हिमालयन रि इन्स्योरेनसको आईपीओ नतिजा
११ पुस, काठमाडाैं । हिमालयन रि इन्स्योरेनसको आईपीओ आज पुस ११ गते बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यस आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन मात्र योग्य भएको छ ।
८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ । यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ । ३० कित्ता भन्दा माथि आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन्। अर्थात् २९ हजार २१ जनाले ४० कित्ता सेयर पाएका छन्।
आईपीओकाे नतिजा केही समयपछि प्रकाशन हुनेछ । नतिजा प्रकाशन भएपछि बिक्री प्रबन्धकको वेबसाइट https://nicasiacapital.com/ ,मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login र . सिडिएसको वेबसाइट http://iporesult.cdsc.com.np/बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : 10:40









