शिवम् सिमेन्टसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
८ पुस, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०३ अकंले घटेर २०८८.०७ बिन्दुमा बन्द भएको छ । आइतबार ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा गिरावट आएपनि यस दिन शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।आज कम्पनीको ३० करोड ४३ लाख २८ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्टको २९ करोड ५० लाख ९ हजार हजार रुपैयाँ, सोनापुर मिनरल्सको २८ करोड १९ लाख ४५ हजार रुपैयाँ, घोराही सिमेन्टको २२ करोड ५२ लाख २२ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको १९ करोड ३ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:29









