लक्ष्मी स्टिलले आईपीओ निष्कासन गर्ने
८ पुस, काठमाडाैं। लक्ष्मी स्टिल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारितका लागि आगामी पुस २१ गते दोस्रो वार्षिक साधारणसभा बाेलाएकाे छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडाैंमा अपरान्ह १२ बजेदेखि सुरु हुनेछ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ । साथै, सभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव पनि पारित गर्नेछ ।
प्रकाशित मिति : 13:42









