गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
८ पुस, काठमाडौं । गरिमा विकास बैकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीका लागि दिने लाभांश प्रस्ताव गरेको छ ।
बैठकले गत आवको नाफाबाट सेयरधनीका लागि ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
लाभांश पारितका लागि बैंकले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसको अर्थ पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकको सभामा सहभागि हुन तथा लाभांश पाउन सक्नेछन् ।
प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १२:१९