पपुवा न्युगिनीविरुद्ध नेपाललाई चौँथो सफलता, सन्दीपले लिए २ विकेट
१ चैत, काठमाडौँ । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलमा चौथो सफलता पाएको छ । नेपालका लागि सन्दीप लामिछाने २ विकेट लिएका छन् ।
उनले सेसे बाउलाई ११ रनमा बोल्ड गरे । त्यसअघि सन्दीपले चाड सोपरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारेका थिए । त्यसअघि करण केसीले ओपनर टोनी उरालाई ११ रनमा आउट गरेका थिए ।
अर्का ओपनर असद भाला १० रनमा सोमपाल कामीले एलबिडब्लूको धरापमा पारेका थिए । पिएनजीले ४ विकेट गुमाउँदै १५ ओभरमा ५८ रन जोडेको छ ।
प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १४:३९