मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का
६ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीले पुस ५ गते २ः३० बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पुस ६ गते मात्र जानकारी गराएपछि नेप्सेले कारवाही गरेको हो । नेप्सेले कम्पनीकाे सेयर कारोबार रोक्का गर्दै ३ दिन भित्रमा स्पष्टीकरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १५:०३